Comments Add Comment

आलियाको ‘सडक २’लाई खराब प्रतिक्रिया

महेश भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘सडक २’को ट्रेलरले युटुबमा डिसलाइकको रेकर्ड नै राखेको थियो । अब, यो चलचित्रले प्रतिक्रिया पनि निकै खराब पाएको छ । यो चलचित्र अगष्ट २८ मा डिज्नी प्लस हटस्टारमा रिलिज भएको छ । यसलाई आइएमडीबीमा जम्मा १.१ रेटिङ मिलेको छ ।

यो चलचित्रलाई बलिउड समिक्षकहरुले पनि निकै खराब भनेका छन् । समिक्षक तरण आदर्शले १ स्टार दिदै चलचित्रलाई खराब भनेका छन् ।

चलचित्र हेरेका दर्शकले ‘सडक’को ब्रान्डलाई नै यो चलचित्रले खराब बनाइदिएको बताएका छन् । यो चलचित्रमा संजय दत्त, आलिया भट्ट, आदित्य रोय कपुर लगायतका कलाकारको मुख्य भूमिका छ ।

भारतमा हलहरु बन्द हुँदा चलचित्रहरु धमाधम डिजिटल माध्यमबाट रिलिज भैरहेका छन् । तर, यसले दर्शकहरुलाई पूर्ण सन्तुष्टी भने दिन सकेको छैन । रिलिज भएका चलचित्रहरुले निरन्तर खराब प्रतिक्रिया पाउँदा बलिउड चलचित्रको डिजिटल प्लेटफर्मको भविष्यमाथि नै प्रश्न उठेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment