Comments Add Comment

नेपालमा प्रवेश गर्दैछ फोटोन मोटर

विश्व अटोमोबाइल जगतको परिचित नाम फोटोन मोटर औपचारिक रुपमा नेपाल प्रवेश गर्ने भएको छ । फोटोन मोटर्सलाई नेपाली अटोमोबाइलको पुरानो र विश्वासिलो व्यापारिक घराना एमएडब्लु ग्रुपअन्तर्गतको बृद्धि कमर्शियल भेहिकल प्रालिले नेपाल भित्र्याउन लागेको हो ।

हाल एमएडब्लु इन्टरप्राइजेजले दुईपांग्रेमा यामाहा र चारपांग्रेमा स्कोडा र जिप ब्रान्डका सवारीसाधन विक्रीवितरण गर्दै आएको छ । साथै, ऊ जेसीबी ब्रान्ड हेभि इक्विपमेन्ट तथा निर्माण उपकरणको आधिकारिक विक्रेता समेत हो ।

यहिँ एमएडब्लुको कमर्शिलय भेहिकल डिभिजन वृद्धिले फोटोन ब्रान्डका सवारीसाधनको आधिकारिक विक्रेता हासिल गरेसँगै फोटोनले नेपालमा नयाँ यात्रा सुरु गरेको छ । यसअघि फोटोनलाई पद्मश्री समूहले विक्री गर्दै आएको थियो ।

के हो फोटोन मोटर ?

सन् १९९६ मा चीनको बेइजिङमा स्थापना भएको फोटन मोटर ग्रुप दुई दशकको अवधिमै संसारको अग्रणी कमर्शियल भेहिकल निर्माता बन्न सफल भएको छ । फोटोनले हाल मिडियम र हेभि ड्युटी ट्रक, लाइट ड्युटी ट्रक, भ्यान, पिकअप, बस र निर्माण उपकरणहरुको समेत उत्पादन गर्छ ।

हालसम्म फोटोनले संसारभर ९० लाखभन्दा बढी सवारीसाधन विक्री गरिसकेको छ भने फोटोन मोटरको ब्रान्ड भ्यालु हाल १६.६ अर्ब डलर रहेको छ । यति मात्र होइन फोटोन मोटर विगत १३ वर्षदेखि निरन्तर रुपमा चीनको नम्बर १ कमर्शियल भेहिकल निर्माता कम्पनी बन्न सफल भएको छ ।

एक सय १० मुलुकमा विक्री हुने फोटोनको संसारका विभिन्न देशमा गरी कुल २० वटा प्लान्ट छन् जहाँबाट वाषिर्क पाँच लाख ५६ हजार वटा सवारीसाधन उत्पादन हुन्छन् ।

स्थापना भएको ६ वर्षमा यानि सन् २००२ मा उसले पहिलो ट्रक अमानको उत्पादन थालेको थियो जुन अहिले सर्वाधिक चर्चित सिरिज हो । त्यसको ६ वर्षपछि फोटोनले संसारकै सर्वोत्कृष्ट इन्जिन निर्माता कम्पनी कमिन्स्सँग नीतिगत साझेदारी गरेर बेइजिङ फोटोन कमिन्स् इन्जिन कम्पनी लिमिटेडको स्थापना गर्‍यो ।

स्थापना भएको मात्र १५ वर्षमा फोटोनले ५० लाख वटा गाडी निर्माण गरिसकेको थियो । सन् २०१२ मा जर्मनी अटोमोबाइल जायन्ट डेमलरसँग साझेदारी गरेर ऊ संसारकै सबैभन्दा ठूलो कमर्शियल भेहिकल ब्रान्ड बन्ने लक्ष्यका साथ अघि बढ्यो ।

सन् २०१७ मा आएर उसले संसारकै सबैभन्दा ठूलो ट्रान्समिसन सिस्टम निर्माता जेडएफसँग साझेदारी गरेर उत्पादन सुरु गरेको थियो ।

के के आउँदैछन् नेपालमा ?

फोटोन मोटरले सुरुको चरणमा पिकअप र भ्यान ल्याउने भएको छ । फोटोनको पिकअप टुनल्यान्ड र भ्यान सीएस भ्युमा कमिन्स् इन्जिन राखिएको छ साथै यसको ट्रान्समिसन सिस्टम संसारकै उत्कृष्ट गियरबक्स निर्माता जेडएफबाट उत्पादित हुनेछ ।

टुनल्यान्डमा २.८ लिटरको फोर सिलिन्डर कमिन्स् आईएसएफ लगाइएको हुनेछ । हालसम्म विश्वका ४० लाख गाडीमा यो इन्जिन लागिसकेको छ । जुनसुकै समयमा जस्तोसुकै भूगोलमा यात्रु तथा भारी बोक्न यो पिकअप सक्षम छ ।

त्यसैगरी, एमएडब्लु वृद्धिले सीएस२ भ्यु भ्यान पनि ल्याउने भएको छ । १६ र १९ सिटर यो भ्यानमा पनि प्रमाणित कमिन्स् इन्जिन लगाइएको हुनेछ । नेपालमा सीएस२ भ्यु पहिलो र एक मात्र १९ सिटर भ्यान हुनेछ ।

यो भ्यानमा ईबीडीसहितको फोर च्यानल एबीएस, अपग्रडेड ब्रेक लाइट, इलेक्टि्रक मिरर, एन्टीग्लेर रियर भ्यु मिरर, ड्युअ एयर ब्याग लगायतका फिचर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment