Comments Add Comment

कालीकोटमा पहिरोले पुरिएर ३ जनाको मृत्यु

१४ भदौ, सुर्खेत । कालीकोटमा पहिरोले पाँचवटा घर बगाउँदा तीनजनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार तिलागुफा नगरपालिका-१, नाग्म बजारमा पहिरोले घर पुर्दा तीनजनाको मृत्यु भएको हो ।

आइतबार बिहान ८ बजे घरमाथिबाट आएको पहिरोले पाँचवटा घर पुरेको डीएसपी लोकनाथ तिम्सिनाले जानकारी दिए ।

डीएसपी तिम्सिनाका अनुसार मृत्यु हुनेमा सुभकालिका गाउँपालिका-७ का ४० वर्षीय प्रयाक शाही, उनकी छोरी हिमा शाही र वडा नं. ५ का पाँच वर्षीय बालक निराजन शाही रहेका छन् ।

तिलागुफा नगरपालिका-३, का ११ वर्षीय अर्जुन हमाल र जुम्लाको हिमा गाउँपालिका ३५ वर्षीय पन्न शाहीको भने जिवितै उद्दार गरिएको प्रहरीले जनाएको छ । उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारा भैरहेको छ ।

पहिरोले घर पुर्दा कोही बेपत्ता भए नभएको भने खुलेको छैन । १३/१४ जना घरमै पुरिएको अनुमान गरिएको डीएसपी तिम्सिनाले बताए ।

घटनास्थलमा कालीकोट र जुम्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु उद्धारमा खटिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment