+
+
Shares

मेहतर उत्थान समाजले दियो अति विपन्नलाई राहत सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १४ गते १५:४२

१४ भदौ, सप्तरी । मेहतर अर्थात् सरसफाइ गर्ने दलित अन्तर्गतको जात । पछिल्लो समयमा अधिकांश मेहतरलाई छाक टार्न धौ–धौ परेको छ । लकडाउन र निषेधाज्ञाका कारण उनीहरु काममा जान पाएका छैनन् ।

यस्तो अवस्थामा पनि सप्तरीका मेहतरले आफूआफूमा चन्दा संकलन गरी निषेधाज्ञाका बेला समस्यामा परेका विपन्न र अपाङ्गता भएकालाई राहत वितरण गरेका छन् ।

राजविराज नगरपालिका- ६ कारागार टोलमा पेट पाल्न समस्या हुने ६ परिवारलाई मेहतरहरुकै अगुवाइमा राहतस्वरुप खाद्यान्न वितरण गरिएको छ । ‘एक त हामी सबै जनालाई यस्तै समस्या छ, तर उनीहरुको समस्या हेरेपछि मनले मानेन’ मेहतर उत्थान समाजका अध्यक्षसमेत रहेका मनोज मेहतरले भने, “हामी आफैंमा चन्दा संकलन गरी समस्या भएकालाई राहत वितरण गरेका छौं ।’

उनका अनुसार प्रतिपरिवारलाई १२ किलो ५ सय ग्रामका दरले चामल, एक किलो दाल, आधा लिटर खाने तेल, २ किलो नुन, २ थान साबुन र ६ थान मास्क वितरण गरिएको छ ।

‘राहत पाउने कोही अपाङ्गता भएका व्यक्ति छन्, कोही अत्यन्तै विपन्न छन्’ मनोजले भने, ‘यस्ता व्यक्तिलाई राहत उपलब्ध गराइदिन धेरैसँग आग्रह गरे पनि कसैले चासो नदिँदा आफैंले राहत वितरण गरेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?