
सरकारले कोरोनाका कारण लकडाउन गरेयता चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को प्रसारण बन्द छ । टेलिश्रृंखलामा व्यस्त कलाकारहरु अहिले फुर्सदिला बनेका छन् ।
फुर्सदको सदुपयोग गर्दै यसका केही कलाकारहरु सामाजिक कार्यमा पनि जुटिरहेका छन् । यसैक्रममा सक्किगोनी टिम र चक्रपथ सरसफाइ महाअभियानका संयोजक लोकबहादुर टन्डनको तर्फबाट सोह्रखुट्टे प्रहरीलाई सहयोगस्वरुप विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
सक्किगोनीका निर्देशक अर्जुन घिमिरे पाँडेका अनुसार १५० थान मास्क, १५ लिटर सेनिटाइजर, ५० थान फेस सिल्ड हस्तान्तरण गरिएको हो ।
प्रहरी उपरीक्षक दीपक खड्का र निरीक्षक राजकुमार भट्टलाई ती सामग्री प्रदान गरिएको थियो । सोह्रखुट्टे प्रहरीले सहयोगका लागि आभार प्रकट गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4