
१४ भदौ, भक्तपुर । भक्तपुरमा कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार समिट अस्पतालमा उपचारका क्रममा मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीका ७५ वर्षका पुरुषको मृत्यु भएको हो ।
स्वासप्रश्वाससम्बन्धी समस्याका कारण भदौ ११ गते समिट अस्पतालमा भर्ना गरिएका उनमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनको आइतबार २ बजे मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका एक अधिकारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4