
१४ भदौ, जनकपुरधाम । सर्लाहीमा आगामी भदौ २१ गतेसम्मका लागि कायम रहने गरी निषेधाज्ञाको म्याद थप गरिएको छ । जिल्लामा चौथो पटक निषेधाज्ञा थप गरिएको हो ।
तेस्रो पटक थपिएको म्याद आइतबार सकिनै लाग्दा चौथो पटक निषेधाज्ञाको समय बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गठित जिल्लास्तरीय समितिको आइतबार बसेको बैठकले निषेधाज्ञा थप्ने सिफारिस गरेपछि समय थप गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
कोरोना सक्रमण फैलिने क्रम नरोकिएपछि निषेधाज्ञाको म्याद थप गर्नुपरेको उनको भनाइ छ ।
यसअघि ७ भदौदेखि १४ भदौसम्मका लागि, ३२ साउनदेखि ७ भदौसम्मका लागि र २६ साउनदेखि ३२ साउनसम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4