Comments Add Comment

सुदूरपश्चिममा पनि कोरोना संक्रमितको प्लाज्मा थेरापी उपचार गरिने

१५ भदौ, कैलाली । सुदूरपश्चिम प्रदेशमा पनि जटिल अवस्थाका कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ ।

प्लाज्मा थेरापीमा कोरोना संक्रमणपछि निको भएको १४ दिन भएको व्यक्तिको रगतको प्लाज्मा नयाँ संक्रमित व्यक्तिलाई दिएर उपचार गरिन्छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले प्लाज्मा थेरापीको आन्तरिक तयारी भइरहेको बताए ।

‘प्लाज्मा रेडक्रसले उपलब्ध गराउँछ, त्यसपछि हामी जटिल प्रकारका बिरामीहरूका प्रयोग गर्छौ’ उनले भने ‘प्लाज्मा दिन केही व्यक्तिहरू सम्पर्कमा आइसक्नुभएको छ ।’

कोरोना संक्रमण भई निको भएको व्यक्तिमा कोरोना भाइरसँग लड्ने एन्टीबडी विकास भएको हुन्छ । त्यसैले उनीहरुको रगतको प्लाज्मा कोरोना संक्रमित व्यक्तिलाई दिएर उपचार गर्ने गरिएको छ । नेपालमा प्लाज्मा थेरापीको उपचार सफल पनि भएको छ ।

स्वास्थ्य मन्त्रालयले देशभरिका १५ अस्पतालमा प्लाज्मा थेरापी स्वीकृत गरेको थियो । मन्त्रालयको अनुमति पाएलगत्तै आन्तरिक तयारीमा जुटेको श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment