Comments Add Comment

बार्सिलोनामा मेस्सीको बसाइ सकिएकै हो त ?

१५ भदौ, काठमाडौं । स्टार खेलाडी लिओनल मेस्सीले स्पानिस क्लब बार्सिलोनासँग आफ्नो सम्झौता सकिएको विश्वास राखेका छन् । उनले क्याम्प नोउसँग आफूलाई टाढा राख्न थालेका छन् ।

३३ वर्षीय अर्जेन्टाइन कप्तान मेस्सी सोमबारको प्रशिक्षणमा समेत सहभागी नजनाउने भएका छन् । यसअघि आइतबार कोरोना परीक्षण नगराएका मेस्सी प्रशिक्षणमा समेत उपस्थित भएनन् । यसलाई मेस्सीको क्लब छाड्ने अर्को स्टेपको रुपमा अघि बढेको गोल डट कमले जनाएको छ ।

यस्तै मेस्सीले क्लबसँगको सम्झौता अब सकिएको विश्वास गरेको पनि गोल डट कमले जनाएको छ ।

मेस्सीले गत मंगलबार क्लबका अध्यक्षलाई पत्र लेख्दै आफूले क्लब छाड्न लागेको जानकारी गराएका थिए । जसले गर्दा विश्व फुटबलमा तरंग छाएको थियो । सिधा हेर्ने हो भने बार्सिलोनामा मेसीको सम्झौता अझै एक वर्ष बाँकी छ र क्याटलान क्लबले तयसअघि मेसीले क्लब छाड्न चाहे ७०० मिलियनको युरो रिलिज क्लज तोकिदिएको छ ।

तर अहिले मेस्सी र बार्सिलोना पक्षबाट यसको फरक-फरकरुपमा व्याख्या हुन थालेको छ । मेस्सीले आफ्नो सम्झौता अनुसार र रिलिज क्लज तोड्न पाउने बताउँदै आएका छन् भने क्लबले मेस्सीलाई अनुबन्ध गर्न अन्य क्लबले ७०० मिलियन युरो नै तिर्नुपर्ने जनाएको छ ।

यस्तै पछिल्लो पटक ला लिगाले समेत मेस्सीलाई कसले अनुबन्ध गर्न चाहे रिलिज क्लज बराबरको रकम तिर्नुपर्ने जनाएको छ ।

अहिलेको यथार्थ के हो भने पछिल्लो समय क्लब र मेसीबीच दूरी बढिरहेको छ । च्याम्पियन्स लिगमा बायर्नसँग ८-२ को लज्जासपद हारलगायत क्लब प्रशासनसँग असन्तुष्ट रहेका मेस्सीले क्लब छाड्ने निर्णय गरेका हुन् ।

नयाँ सिजन सुरु हुनुअघि मेस्सी बार्सिलोनामै बस्छन् वा अन्य कुनै देशको क्लबको जर्सी लगाउनेछन् त्यो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment