+
+
Shares

गैरआवासीय नेपालीलाई नेपाल आउन आंशिक खुला (मन्त्रिपरिषदको निर्णयसहित)

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १५ गते १८:२०

१५ भदौ, काठमाडौं । सरकारले नेपाल आउन चाहने गैरआवासीय नेपालीका लागि आशिक अनुमति खुला गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा संचार प्रविधि मन्त्री डा. युवराज खतिवडाका अनुसार नेपालमा रहेका एकाघरका परिवारको सदस्य गम्भीर बिरामी रहेको वा मृत्यु भएको अवस्थामा उनीहरुका आफन्तलाई नेपाल आउने अनुमति दिइने छ ।

यस्तो अनुमति भने सम्बन्धित मुलुकमा रहेको नेपाली कूटनीतिकि नियोगले दिनेछ । नियोगले साच्चै समस्यामा परेको प्रमाणित गरेपछि गैरआवासीय नेपाली नागरिकले पनि नेपाल आउन पाउनेछन् । साथै, सरकारले अब नेपालमा अध्ययन गर्ने विदेशी विद्यालयलाई सम्बन्धित शिक्षालयको सिफारिसमा नेपाल आउन दिने निर्णय समेत गरेको छ ।

अब दैनिक ८ सय नेपाली आउन पाउने

सरकारले विदेशबाट नेपाल आउन पाउने दैनिक संख्या समेत बढाएको छ । शुरुमा दिनमा ५ सय सय जना यात्रु नेपाल आउन पाउने भनिएकामा अब पर्यटन मन्त्रालयले क्वारेन्टिनको उचित व्यवस्थापन गरी थप ३ सय जनालाई दैनिक नेपाल आउन दिने निर्णय गर्न सक्नेछ ।

यसको व्यवस्थापनको सम्पूर्ण जिम्मा अब पर्यटन मन्त्रालयले पाएको छ । उता, पीसीआर रिपोर्ट नहुने कारणले नियमित उडान नखुलेका स्थानमा कम्पनी स्वयमले टिकट काटेर नेपाल पठाउन चाहेमा वा कामदार आफैले टिकट काटेर स्वदेश फर्कन चाहेमा समेत सरकारले नेपाल आउन अनुमति दिनेछ ।

यसका लागि चार्टर्ड उडानले अनुमति पाउनेछन् । यी मुलुकमा यसअघि समस्यामा परेका नेपालीलाई मात्र ल्याउने गरी चार्टर्ड उडान तय भएका छन् ।

हेर्नुहोस् मन्त्रिपरिषदको निर्णयहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?