
गायक सुगम पोखरेल र प्रारम्भ भण्डारीको आवाजमा ‘धन्यवाद’ बोलको गीत सार्वजनिक भएको छ । राजन अधिकारी र सुगम पोखरेलको शब्द रहेको गीतमा सुगमकै संगीत छ ।
यो गीतले मानवियता नै सबैभन्दा ठूलो धर्म रहेको कुरा गरेको छ । एलिन श्रेष्ठको निर्देशनमा तयार भएको म्यूजिक भिडियोमा लोकेश बज्रचार्यको सम्पादन, उत्तम हुमागाँई र असु बस्नेको छायांकन छ ।
भिडियोमा सुगम पोखरेललाई नै देख्न सकिन्छ । गायक सुगम पोखरेलले पछिल्लो समय समाजमा प्रत्यक्ष प्रभाव पार्ने सन्देशमुलक गीत सार्वजनिक गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4