Comments Add Comment

सीमा क्षेत्रमा भारतले सहमति उल्लंघन गर्‍यो : चीन

१५ भदौ, काठमाडौं । चीन र भारतबीच सीमा क्षेत्रमा फेरि तनाव उत्पन्न हुँदा दुवैले फरक–फरक दावी गरेका छन् ।

भारतले लद्दाखमा सहमति विपरीत चिनिया सैनिकले उक्साउने कदम चालेपछि आफूले रोकेको दावी गरेको थियो । तर, त्यसलाई चीनले खण्डन गरेको छ । चिनिया जनमुक्ति सेना (पीएलए) ले भारतीय पक्षले सीमा क्षेत्रमा उत्तेजना फैलाउने काम गरेको आरोप लगाएको छ ।

पीएलएको पश्चिम कमाण्डका प्रवक्ता वरिष्ठ कर्णेल झाङ सुइलीका अनुसार लद्दाखको लाइन अफ एक्चुअल कन्ट्रोल नाघेर भारतीय सेनाले घुसपैठ गर्न खोजेको थियो ।

‘पूर्वसहमति उल्लंघन गर्दै सोमबार भारतीय पक्षले एलओएसी नाघ्ने काम गरेपछि हामीले उनीहरुलाई फिर्ता जान आग्रह गरेका हौं,’ उनले भने ।

त्यसअघि चिनिया विदेशमन्त्रीले पनि चिनिया पक्षले एओएसीमा कडा निगरानी गरिरहेको तर, सीमा क्षेत्र पार नगरेको बताएका थिए । अहिले दुवै पक्षबीच संवाद भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment