Comments Add Comment

सेप्टेम्बरमा नेपाल एयरलाइन्सले २८ उडान गर्दै, नारितामा तीन उडान 

१५ भदौ, काठमाडौं । नेपाल एयरलाइन्सले भोलिबाट शुरु हुने नियमित उडानका दौरान कुल २८ उडान गर्ने भएको छ । त्यसमध्ये ११ वटा उडान भने चार्टर्ड उडान हुन् ।

निगमले सेप्टेम्बर  महिनाका लागि हुने उडानको तालिका सार्वजनिक गरेको छ । जसअनुसार जापानको नारितामा तीन वटा नियमित उडान हुने भएको छ ।

नारितामा सेप्टेम्बर १, १६ र ३० तारिखमा उडान तोकिएको छ । नियमित उडानतर्फ सबैभन्दा धेरै उडान दुबईमा हुने नेपाल एयरलाइन्सले जनाएको छ ।

दुबईमा ८ वटा उडानको अनुमति नेपाल एयरलाइन्सले जनाएको छ । क्वालालाम्पुरमा ४ र हङकङमा दुई उडान हुने गरी तालीका तय भएको छ । सेप्टेम्बर महिनामा नेपाल एयरलाइन्सले चार्टर्ड तर्फ तीन उडान गर्ने भएको छ ।

नियमित उडान

सेक्टर  उडान मिति   
नारिता सेप्टेम्बर २, १६ र ३०
दुवई सेप्टेम्बर ५, ७, १२, १४, १९, २१, २६ र २८
क्वालालम्पुर सेप्टेम्बर ६, १३, २० र २७
हङकङ सेप्टेम्बर ९ र २३

चार्टर्ड उडान

सेक्टर  उडान मिति   
जेद्दा सेप्टेम्बर ५, ११ र २७
दमाम सेप्टेम्बर ७
कुवेत सेप्टेम्बर १४
दोहा सेप्टेम्बर १५, २१, २२, २७ र २९
रियाद सेप्टेम्बर १९

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment