Comments Add Comment

प्रदेश उपसभामुखसहित ६७ जना कोरोनामुक्त

Photo Credit : फाइल फोटो

१५ भदौं, हेटौंडा । मकवानपुर जिल्लामा सोमबार ६७ जना कोरोनो संक्रमण मुक्त भएका छन् । हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तथा आइसोलेसन इन्चार्ज भोला चौलागाइँका अनुसार पछिल्लो  रिर्पोट अनुसार ६७ जनाले कोरोनामुक्त भएका हुन् ।

उनीहरुमध्ये ३५ जनासंस्थागत आइसोलेसनमा र ३२ जना होम आइसोलेसनमा थिए ।

कोरोना संक्रमणमुक्त हुनेमा बागमती प्रदेशकी उपसभामुख राधिका तामाङ पनि छिन् । तामाङ र उनका ९ वर्षीय छोराको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । उनीहरुलाईसाउन ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

सपसभामुख तामाङले भनिन्, ‘सुरुमा लगातार फोन आउँदा कोरोनाले भन्दा पनि सामाजिक रोगले सताउने जस्तो लागेको थियो । अहिले अवस्था सामान्यीकरण हुँदैछ । मुख्य कुरा यो समयमा आत्तिन नहुने रहेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment