+
+
Shares

गोरखा क्याम्पसका आशिंक प्राध्यापकले जलाए त्रिविको निर्देशिका

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १६ गते १२:४५

१६ भदौ, गोरखा । आफूहरुलाइ करार गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका गोरखा क्याम्पसका आशिंक प्राध्यापकले त्रिभुवन विश्वबिद्यालयले भदौ १ गते जारी गरेको ‘अतिरिक्त  कक्षा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७७’ जलाएका छन् ।

उक्त निर्देशिका आशिंक प्राध्यापक र क्याम्पस दुवैको हितमा नभएको भन्दै आशिंक प्राध्यापक संघ गोरखा क्याम्पस इकाइ समितिले मंगलवार क्याम्पस हाताभित्रै निर्देशिका जलाएको हो ।

‘त्रिविले जारी गरेको निर्देशिकाले हाम्रो मागलाई सम्बोधन गरेन,’ समितिकी उपाध्यक्ष मेनुका सुवेदीले भनिन्, ‘त्यसकै विरोधमा आज हामीले निर्देशिका जलाएका हौ ।’ त्रिविले

माग पूरा गर्न दबाब दिँदै समितिले यसअघि गोरखा क्याम्पस प्रमुख र लेखा शाखाको कार्यकक्षमा तालावन्दी गरेको थियो । धर्ना कार्यक्रम यथावत रहेको सुवेदीले बताइन् । हाल गोरखा क्याम्पसमा आशिंक प्राध्यापकको रुपमा २३ जना कार्यरत रहेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?