Comments Add Comment

समुद्रको पिँधमा कति छन् तार ? केही रोचक तथ्यहरु

काठमाडौं । सञ्चार प्रविधि सम्बद्ध डाटा प्रशारणका लागि पृथ्वीको समुद्रमा लाखौँ किलोमिटर तार ओछ्याउने गरिएको छ ।

समुद्रको वारपार एक महादेशबाट अर्को महादेशसम्म जोड्ने त्यस्ता सामुद्रिक केवलहरुबाट दूरसञ्चार कम्पनीहरु, मोबाइल अपरेटरहरु, बहुराष्ट्रिय निगमहरु, विश्वका सरकारहरु तथा डाटा प्रोभाइडरहरुले समेत डाटा आदानप्रदान गर्दछन् ।

समुद्रमा डुबाइने यस्ता अप्टिकल फाइबर तथा सामुद्रिक केवलहरुबाट डाटा प्रसार गर्दा तुलनात्मक रुपमा सस्तो पर्नुका साथै तीव्र गतिको इन्टरनेट डाटासमेत प्रसार गर्न सम्भव हुन्छ ।

पृथ्वीको समुद्रमा ओछ्याइएका केबल तारहरु सम्बन्धी केही रोचक तथ्य यस्ता छन् :

  • विश्वमा अहिले ४ सय ६ वटा सबमरिन केवल चालू हालतमा छन् ।
  • समुद्रमा ओछ्याइएको केबलको लम्बाइ कूल १२ लाख किलोमिटर रहेको छ । त्यसमध्ये १ सय ३१ किलोमटिर लामो फाइबर केवल सबैभन्दा छोटो छ, जसले आयरल्याण्ड र इंगल्याण्डलाई समुद्रबाट जोड्दछ ।
  • अमेरिका र एसिया जोड्ने सामुद्रिक केबलको लम्बाइ २० हजार किलोमिटर रहेको छ ।
  • विश्वमा प्रसार हुने इन्टरनेट सम्बद्ध डाटामध्ये ९९ प्रतिशत केबल अर्थात् तारकै माध्यमबाट हुने गरेको छ ।
  • सर्वाधिक क्षमताको मारिया केबलबाट प्रतिसेकेण्ड २०८ टेराबाइटसम्म डाटा प्रसार हुने गर्दछ ।
  • आमरुपमा दूर सञ्चार कम्पनीहरुले समुद्रमा तार विछ्याउनमा मुख्य रुपमा लगानी गर्दछन् ।
  • वर्तमानमा गुगल, फेसबुक तथा माइक्रोसफ्ट र अमेजन जस्ता प्रविधि कम्पनीहरुले समेत सामुद्रिक केबल परियोजनामा लगानी गरेका छन् ।
  • विश्वमा सञ्चारका लागि कैयन् स्याटेलाइटहरु पनि छन् । तर सामुद्रिक केबलबाट हुने डाटा प्रसार उपग्रहभन्दा निकै सस्तो पर्दछ ।
  • समुद्रमा ओछ्याइने फाइबर केबलको औसत आयु २५ वर्ष हुन्छ । यद्यपि त्यसपछि पनि नबिग्रिएसम्म त्यसलाई प्रयोग गरिन्छ र कमसल बन्दै गएपछि पुरानो तारलाई नयाँले विस्थापित गरिन्छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment