Comments Add Comment

हिरासतमा दलित युवक मृत्युको विरोधमा पूर्वमन्त्री अनशनमा

१७ भदौ, रौतहट । प्रहरी हिरासतमा रहेकै बेला रौतहट गरुडाका विजय रामको मृत्यु भएको घटनाको विरोधमा पूर्वमन्त्री तथा दलित नेता विश्वेन्द्र पासवान आमरण अनशन बसेका छन् ।

स्थानीय दलित समुदायको आन्दोलन प्रति ऐक्यबद्धता जनाउँदै पासवान पाँच दिनदेखि इलाका प्रहरी कार्यालय गरुडा अगाडि आमरण अनशनमा बसेका छन् ।

साउन ३२ गते रौतहटको गरुडा नगरपालिका– ८ जिगंडवाका २० वर्षका निरञ्जन रामको हत्या र भदौ १० गते हिरासतमा विजय रामको मृत्युको घटनाको विरोधमा स्थानीय दलित अगुवा र पीडित परिवारले निरजञ्न राम र बिजय राम हत्याकाण्ड जिल्ला संघर्ष समिति गठन गरेर आन्दोलन अघि बढाएका छन् ।

प्रहरीले बिजय रामको हिरासतमा हत्या भएको भनी पीडित परिवारले दिएको मुद्धा दर्ता गर्न नमानेको भन्दै संघर्ष समितिले भदौ १७ गते देखि २२ गतेसम्म चरणबद्धरुपमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

उनीहरुले निरजञ्न रामको हत्याको अनुसन्धानका लागि लखन साह र राजगीर साहलाई पक्राउ गर्न माग गरेका छन् । मृतकलाई शहीद घोषणा गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्छ’ संयोजक सोनेलाल रामले भने ‘हत्याकाण्डको छानबिनका लागि दलित आयोग, मानव अधिकार आयोग सहितको उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ ।’

गृह मन्त्रालयले इन्सपेक्टर र हवलदारलाई ६ महिनाको लागि निलम्बन गरेको तर आदेश दिने एसपी र डीएसपीलाई भने जोगाउन खोजेको उनको आरोप छ ।

हेर्नुहोस् संघर्ष समितिको माग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment