Comments Add Comment

एनसेलले ल्यायो ‘नन्स्टप’ अफर

१८ भदौ, काठमाडौं । एनसेल आजियाटा लिमिटेड एनसेलले ‘नन्स्टप’ अफरहरुको योजना ल्याएको छ। यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुक नन्स्टप चलाउन बोनस डेटा पाउने छन्।

हाल संचालनमा रहेको नन्स्टप युट्युब प्लस अफरमा कम्पनीले थप सुविधा दिएको हो। यी ननस्टप अफरहरु बिहीबारदेखि संचालनमा आएको कम्पनीले बताएको छ। ‘प्लस’ थिमले ग्राहक जुनसुकै ठाउँमा भएपनि सेवाको पहुँच पुर्याउने कम्पनीको उद्देश्य छ।

कुनै ग्राहकले ७ दिनको नन्स्टप टिकटक प्याक १०० (कर सहित रु १२७.६९) रुपैयाँमा सुचारु गरेमा एक हप्ताभरी नन्स्टप चलाउन सक्छन्।

यो प्याक लिँदा अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जिबी डेटा बोनस पाउने छन्।

यसैगरी, नन्स्टप युट्युब प्याकअनुसार ग्राहकले २५ (कर सहित ३१.९२) रुपैयाँमा १ दिनका लागि चलाउन सक्छन्।

ग्राहकले ४ जीबी बोनस डेटा सहितको ७ दिनको समयसिमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक १५० (कर सहित रु १९१.५४) रुपैयाँ मा सुचारु गर्नसक्ने भएका छन्।

साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको नन्स्टप युट्युब प्याक ३ सय ६० (कर सहित ४५९.६८)मा किन्न सक्छन्। बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

७ दिन वा ३० दिनको नन्स्टप प्याक किन्ने ग्राहकका लागि थप योजना पनि रहेको कम्पनीको भनाइ छ।

ग्राहकले यी नन्स्टप प्याक सुचारु गरपछि हरेक दिन ५०० एमबीको दरले ७ दिन सम्म मात्र २० ९कर सहित मात्र २५४० रुपैयाँमा ३५०० एमबी थप डेटाको पाउनेछन्। उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउन प्रयोग सक्छन्।

एनसेलका फोरजी ग्राहकले ८१७१२३८१३ डायल गरी उक्त अपर पाउन सक्छन्। ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायकहरुः खल्ती, युनिपे, ईसेवा वा प्रभुपे मार्फत पनि प्याक लिनसक्ने कम्पनीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment