Comments Add Comment

गौतमबुद्ध मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना

१९ भदौ, रुपन्देही । बुटवलको रामनगरस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका स्वास्थ्यकर्मीसहित थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको हो । पोजेटिभ रिपोर्ट आएका कसैमा पनि लक्षण नदेखिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

योसँगै मुटु अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी गरी ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरुलाई आइसोलेसनमा राखिएको र अस्पताल निर्मलीकरण गरेपछि २४ घण्टापछि संक्रमण नभएका स्वास्थ्यकर्मी र कर्मचारीले सुरक्षा मापदण्ड अपनाएर सेवा सुरु गरिने अध्यक्ष आलमले बताए ।

मुटु अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको बुधबार राति मृत्यु भएको थियो । एकजना संक्रमितको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment