Comments Add Comment

साझा पार्टीको प्रश्न :  कोही भोकै पर्दैन भन्ने प्रधानमन्त्री कसका लागि हुन् ?

१९ भदौ, काठमाडौं । साझा पार्टीले सबै सरकारी संयन्त्र परिचालन गरेर साँझ विहान छाक टार्न नसक्नेहरुलाई राहत दिन सरकारलाई आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी उक्त पार्टीले विपद्को घडीमा समेत जनतालाई राहत प्रदान गर्न मूलत: व्यक्ति र संस्थाहरू नै चाहिने हो भने स्थानीय सरकार केका लागि भनी प्रश्न गरेको छ ।

‘अब कोही भोकै बस्नु पर्दैन, गरिबीका कारण कोही भोकै मर्दैन” भन्ने प्रधानमन्त्री कसका लागि हुन् ? स्थानीय सरकार र अन्य सरकारी संयन्त्रलाई राहतका लागि निर्देशनमात्र दिएर पुग्दैन। खै उनीहरूले राहत पाएका? पाएका भए देशभरि कारूणिक दृष्यहरू किन देखिइरहेका छन्?’ साझा पार्टीले प्रश्न गरेको छ ।

दैनिक ज्यालादारी गरेर साँझ विहान छाक टार्नेहरूदेखि नियमित आयको स्रोत बन्द भएका निम्नमध्यम वर्गीय नागरिकमा कयौँ नागरिक खान नपाएका र कतिपय बिरामी अस्पताल नपाएर मर्ने अवस्था आएको पार्टीका सहप्रवक्ता शरदराज पाठकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

कष्टकर घडीमा अनेक समस्या सहेर भोक र रोग पीडितहरूको सहयोगार्थ काम गरिरहेका मनकारी व्यक्ति तथा संस्थाप्रति साझा पार्टीले आभार व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment