Comments Add Comment

सरकारले बेलैमा निकास नदिँदा पाटनमा झडप : राणा

१९ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले रातो मछिन्द्रनाथको रथ तान्ने विषयमा पाँच महिनादेखि स्थानीय वार्तामा रहेको तर सरकारले समयमै निकास नदिँदा दुःखद घट्ना घटेको बताएका छन् ।

ललितपुरमा प्रहरी र स्थानीयबीच बिहीबार भएको झडपबारे राणाले शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन । ‘सरकारले समयमै निकास नदिँदा चौध सय वर्ष लामो परम्परा मान्ने क्रममा हिजो दुःखद घट्ना घट्यो’ उनले लेखेका छन्, ‘कफ्र्यु त्यसको बाध्यात्मक उपज हो, स्थायी समाधान होइन । रथ बनीसकेपछि जात्रा रोक्नु भएन ।’

स्थानीय र गुठियारलाई विश्वासमा लिनु बुद्धिमानी हुने उनको सुझाव छ ।

‘संस्कृति, सम्पदा, धर्म नेपाली हुनुको आधारशील हो, यही सत्य मनन् गरेर समाधान दिन जनताद्वारा जनताको सरकारलाई आव्हान गर्दछु’ राणाले भनेका छन्, ‘स्थानीय र गुठियारलाई विश्वासमा लिनु बुद्धिमानी हुने अवगत गराउँदछु, झडपको क्रममा हिरासतमा लिइएका युवाहरूको अविलम्ब रिहाईको माग गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment