Comments Add Comment

नखःत्या नबोलाउन खलः पुचःहरुको अपील

२० भदौ, काठमाडौं । जातीय खलः पुचःले रातो मत्स्येन्द्रनाथको रथयात्राको अवसरमा नखःत्या नबोलाउन अपील गरेको छ ।

नेपाल भाषा मंका खल लगायत १९ वटा जातीय खलः पुचःले संयुक्त वक्तव्य जारी गर्दै कोरोनाको जोखिम भएकाले यस वर्ष नखःत्या नबोलाउन रन नखःत्या नजान अपील गरेको हो ।

कोरोनाका कारण यो पटक रातो मत्स्येन्द्रनाथको रथयात्रा प्रभावित भएको छ । रथारोहण गरेको लामो समयसम्म रथयात्रा हुन नसकेपछि बिहीबार स्थानीयले स्वस्फूर्त रुपमा तान्ने प्रयास गरेका थिए । त्यसक्रममा प्रहरीले रोक्दा झडप भएको थियो ।

अब रथयात्रालाई औपचारिकता मात्र दिइने छ । भोलि छोइलाबू गर्ने भनिएको छ । सामान्य अवस्थामा भए रथलाई गवाहलमा पुर्‍याउनुपर्ने हो । तर अब थोरै तानेर औपचारिक पुरा गरिनेछ । यो बेलामा पाटनबासीले आफन्तहरुलाई घरमा बोलाउने र भोज गर्ने गर्छन्, जसलाई नखःत्या भन्ने गरिन्छ ।

जातीय खलः पुचःहरुले यो पटक आफन्त नबोलाउन र नजान सबैलाई अपील गरेको छ ।

साथै झडपको विषयलाई लिएर प्रहरीले घरघरमा गएर मानिसहरु पक्राउ गरेकोमा विरोध जनाएका छन् । त्यसलाई रोक्न र पक्राउ गरेकाहरुलाई रिहा गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment