Comments Add Comment

२ लाख हात पार्न बहिनीको अपहरण !

२१ भदौ, विराटनगर । मोरङमा २ लाख रुपैयाँ हात पार्न एक युवकले नातामा बहिनी पर्ने बालिकाको अपहरण गरेको खुलेको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ कि १४ वर्षकी बालिकासँग भएको २ लाख हात पार्न नातामा दाजु पर्ने २१ वर्षका सुजन रणपहेलीले साथीहरुसँग मिलेर अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले सुजनसहित पथरीशनिश्चरे–६ का २२ वर्षीय रोमन आचार्य र सुनवर्षी नगरपालिका–६ का ३७ वर्षीय पूर्ण तामाङलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीका अनुसार अपहरणमा को २ च २८८२ र को २ च ३१२१ नम्बरका दुईवटा एम्बुलेन्स पनि प्रयोग भएको थियो । आचार्य को २ च २८८२ र तामाङ अर्को एम्बुलेन्सका चालक हुन् ।

सुजन किशोरीको ठूलोबुबाको छोरा हुन् । अपहरणमा परेकी बालिकालाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा साँगा भञ्ज्याङबाट १७ भदौमा उद्धार गरिएको थियो । उद्धार र पक्राउ गरिएकालाई भदौ १८ गते बिहीबार पथरीशनिश्चरे ल्याइपु¥याएर अनुसन्धान सुरु गर्दा अपहरण पुष्टि भएको गिरीले बताए ।

‘काकाको छोरीलाई अपहरण गरेर रकम लिएको देखिन्छ,’ डीएसपी गिरीले भने, ‘दुई लाख मध्ये १ लाख ५२ हजार रुपैयाँ फेला परेको छ ।’ ज्यान मार्ने धम्की दिँदै अपहरण गरेको खुलेको उनले बताए ।

भदौ १६ गते मंगलबार बिहानका राति बालिका घरबाट हराएकी थिइन् । अभिभावकले दिउँसो प्रहरीमा हुलियासहितको निवेदन दिएपछि खोजी गर्ने काभ्रेमा भेटिएका थिए ।

प्रहरीका अनुसार आमाले माइक्रो फाइनान्सबाट दुई लाख रुपैयाँ निकालेर छोरीलाई राख्न दिएकी थिइन् । सुजनले रकम राख्न दिएको थाहा पाएका थिए ।

अपहरणका लागि उनले पथरीको मंगलबारे चोकबाट को २ च २८८२ नम्बरको एम्बुलेन्समा चढाएर बालिकालाई सुनसरीको इटहरी पु¥याएका थिए । इटहरीबाट भने को २ च ३१२१ नम्बरको एम्बुलेन्समा राखेर लगेका थिए । एम्बुलेन्सका चालक आचार्य रणपहेलीका साथी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment