Comments Add Comment

फुटबल विकासका गर्न एन्फा र एपीएफबीच सहकार्य

२१ भदौ, काठमाडौं । नेपाली फुटबलको विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र सशस्त्र प्रहरी बल (एपीएफ) बीच सहकार्य हुने भएको छ । दुवै पक्षले फुटबल विकासका लागि मिलेर अघि बढ्ने सहमति गरेका छन् ।

आइतबार हलचोकस्थित एपीएफ मुख्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षले ग्रासरुट लेभल, युवा विकास र खेलको क्षमता अभिवृद्धि गर्ने विषयमा सहमति भएको एन्फाले जनाएको छ ।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले एन्फाले नेपाली फुटबलको उत्तम भविष्यका लागि युवा विकासमा ध्यान केन्द्रित गरिरहेको बताए । ‘हामीले हाम्रो युवा प्रणालीलाई अझ राम्रो बनाउने योजना अघि सारेका छौं । यसले नेपाली फुटबलको विकासमा अन्ततः मद्दत पुग्नेछ ।’ एन्फा अध्यक्ष शेर्पाले भने । कार्यक्रममा एन्फाका उपाध्यक्ष उपेन्द्र मान सिंहले कार्यक्रमको योजना प्रस्तुत गरेका थिए ।

यस्तै एपीएफका महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले एन्फाले मुलुकमा फुटबलको विकासका लागि प्रस्तुत गरेको योजनाप्रति संगठन सकारात्मक रहेको बताए । साथै उनले एपीएफले नेपाली फुटबलको विकासमा योगदान पुर्‍याउन पाउँदा खुशी भएको बताए ।

विश्वभर फैलिएको कोरोना महामारीको संक्रमण नेपालमा पनि रहेकोले गत चैतदेखि नेपालमा फुटबल गतविधि ठप्प छ । केही दिनअघि मात्रै एन्फा अध्यक्ष शेर्पाले अब प्रशिक्षण मात्रै भएपनि सुरक्षित तरिकाले सुरु गर्नुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment