+

पारस खड्का फिनिक्स कलेजको ब्राण्ड एम्बासडर नियुक्त

२०७७ भदौ  २१ गते १७:२५ २०७७ भदौ २१ गते १७:२५
पारस खड्का फिनिक्स कलेजको ब्राण्ड एम्बासडर नियुक्त

२१ भदौ, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका अलराउण्ड पारस खड्का फिनिक्स कलेको अफ म्यानेजमेन्टको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।

काठमाडौं थापागाउँस्थित कलेजले शनिबार अलरउण्डर खड्कालाई दुई वर्षका लागि एमबीए कार्यक्रमको एम्बासडर नियुक्त गरेको कलेजले विज्ञप्तीमार्फत जनाएको छ ।

पारसले फिनिक्स कलेजअन्तर्गत सञ्चालिन एमबीए कार्यक्रममा यसै सेप्टेम्बर सत्रदेखि अध्ययन पनि गरिरहेको कलेजले जनाएको छ ।

फिनिक्स कलेजका प्राचार्य डा विनोदबहादुर खत्रीले पारस खड्का राष्ट्रिय टिमको विख्यात खेलाडी मात्रै नभएर राम्रो र मेधावी विद्यार्थीसमेत रहेको बताएका छन् । ‘पारस खड्काको कलेजसँगको सामिप्यता तथा उच्च शिक्षा अध्ययनप्रतिको लगाबले के प्रष्ट्याउँछ भने पिनिक्स कलेज राष्ट्रिय नायकहरु तथा मेधावी विद्यार्थीको लागि पहिलो रोजाइमा परेको कलेज हो ।’

कलेजका डाइरेक्टर लक्ष्मण पोख्रेलले शनिबार पारस खड्का एमबीए कार्यक्रममा ब्राण्ड एम्बासडर घोषणा गरी दुई वर्षको लागि अनुबन्ध गरिएको जानारी दिए ।

यस्तै एक दशक राष्ट्रिय टिमको कप्तानी गरिसकेका पारस खड्काले खेलाडीहरुको लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक रहेको बताए ।

‘खेलाडीहरूका लागि औपचारिक र उच्च शिक्षा धेरै आवश्यक छ, विशेष गरी खेलको क्यारियरपछि उनीहरूको भविष्यका लागि, एक शिक्षित खेलाडी आफैलाई, विश्व र खेललाई अझ राम्ररी बुझ्न सक्षम हुन्छ । सोही कुरालाई मनन गर्दै एमबीए अध्ययन सुरुआत गरेको हुँ ,’ उनले भने ।

पारस खड्का
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय