Comments Add Comment

सर्लाहीमा १० देखि ५ बजेसम्म पसल खोल्न पाइने

२१ भदौ, जनकपुरधाम । सर्लाहीमा निषेधाज्ञालाई खुकुलो बनाई विहान १० देखि अपरान्ह ५ बजेसम्म बजार खोल्न दिइएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई खुकुलो बनाई पसलहरु १० देखि ५ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

प्रशासन कार्यालयले जिल्लाभर लाग्ने हाटबजार र मेला भने सञ्चालन नहुने, होटल र मदिराजन्य पदार्थ बिक्री गर्ने पसल पनि नखोल्ने निर्णय गरेको छ । उपभोग्य वस्तु र निर्माण सामग्रीको ढुवानी गर्ने साधन सूर्योदयदेखि सूर्यास्तसम्म सञ्चालन गर्न पाइनेछ ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार अब सोमबारदेखि आवतजावतमा मात्रै कडाइ गरिने भएको छ ।

जिल्लामा अत्यावश्यक काममा बाहेक यातायातका साधन भने सञ्चालन हुने छैन । कोरोना भाइरस संक्रमण फैलिन थालेपछि सर्लाहीमा साउन २६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment