
२१ भदौ, सुर्खेत । कर्णाली प्रदेश प्रहरीले प्रदेशका दुई जिल्लाबाट २६ किलो लागूऔषध (अफिम)सहित पाँच जनालाई पक्राउ गरेको छ ।
जाजरकोट र रुकुमपश्चिमका विभिन्न स्थानबाट २६ किलो अफिमसहित पाँचजनालाई प्रक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेशनाथ बास्तोलाले जानकारी दिए ।
एसएसपी बास्तोलाका अनुसार भदौ २० गते रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-५, जलिगार्डबाट १६ केजी लागुऔषध (अफिम) तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा नलगाड नगरपालिका-९, जाजरकोटका ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंह रहेका छन ।
त्यस्तै सोही दिन नै नलगाड नगरपालिका-२, छेप्काबाट १० किलो लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरिएको एसएसपी बास्तोलाले बताए । पक्राउ पर्नेमा नलगाड-३, का ४२ वर्षीय मनबहादुर विष्ट र जुम्ला तातापानी गाउँपालिका-५ का ५५ वर्षीय हरिचन्द्र डाँगी रहका छन ।
उनिहरुबाट ५१ हजार ९५० रुपौँया नगद र दुई थान मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरेका पाँचै जनालाई प्रहरी हिरासतमा राखि थप अनुसन्धान भइरहेको एसएसपी बास्तोलाले बताए ।
प्रतिक्रिया 4