Comments Add Comment

बीएस ६ र एफआईसहित स्पोर्टी स्कुटर ‘रे जीआर १२५ एफआई’ ल्याउँदै यामाहा

२२ भदौ, काठमाडौं । यामाहाले बीएस६ र एफआई भएको नयाँ स्पोर्टी स्कुटर ‘रे जीआर १२५ एफआई’ नेपाली स्बजारमा ल्याउने भएको छ । ब्ढदो १२५सीसी स्कुटर पि्रमियम मार्केटलाई मध्यनजर गर्दै यामाहा नेपालले नयाँ स्पोर्टी स्कुटर नेपाली बजारमा ल्याउन लागेको हो ।

नयाँ ‘रे जीआर १२५ एफआई’ स्कुटर १२५ सीसीको हुनेछ र यो अझ बढी शक्तिशाली हुनेछ । यसमा बीएस६ कम्प्लायन्ट इन्जिन हुनेछ, जुन पछिल्लो उत्सर्जन मापदण्ड अनुरुप छ ।

यसमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि हुनेछ ।  भारतमा विगत ३ महिनादेखि बीएस६ मापदण्ड अनिवार्य लागू भए पनि नेपालमा अन्य प्रतिस्पर्धी ब्रान्डहरुले हालसम्म बीएस६मा आधारित कुनै मोटरसाइकल वा स्कुटर आयात गरेको छैन ।

यसको ठिक विपरित यामाहाले भने नेपालमा बीएस६ र एफआई प्रविधि भएका मोटरसाइकल र स्कुटर लगातार सार्वजनिक गर्दै आएको छ । यसबाट यामाहा नेपाली अटोमोबाइल बजारमा निकै आक्रामक रुपमा प्रस्तुत हुन खोजेको देखिन्छ ।

एफआई र बीएस६ भएका रे जीआर १२५ एफआई स्कुटर किन्न चाहानेलाई बजारमा अरु यामाहा स्कुटरबाहेक अरु कुनै विकल्प उपलब्ध छैन । यो नयाँ स्कुटर पनि यामाहाको डीएनए अनुरुप स्पोर्टी र आकर्षक डिजाइनको हुने कम्पनीको भनाइ छ ।

स्रोतका अनुसार यामाहाले रेजीआर १२५ एफआई हालसालै विश्वमा भित्रिएको प्रविधि, आर्टिफिसियल इन्टेलिन्स (एआई)मा आधारित, नेपालमै पहिलो पटक भर्चुअल लन्चमार्फत असोजको पहिलो साता सार्वजनिक गर्ने तयारी गरिरहेको बुझिन्छ । वास्तवमा यस्तो लन्च नेपालमै पहिलो पटक हुने भएकाले हेर्नलायकको मात्रै हैन अश्विसनीय पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment