Comments Add Comment

वीरगञ्जमा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि

२३ भदौ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार ५ सय ८० वटा स्वाब नमुना परीक्षण गर्दा २९ जनामा संक्रमण देखिएको हो ।

थपिएका संक्रमितमध्ये पर्साका १३ जना, बाराका ९ र रौतहटका ७ जना छन् । १९ देखि ६० वर्ष उमेर समूहका संक्रमितमध्ये ८ जना महिला रहेको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए ।

पर्साका १३ जनामध्ये कालिकामाई गाउँपालिका वडा नं. १ र ५, वीरगञ्ज महानगरपालिका वडा नं. १२, १३ र १६ का १/१ जना छन् । तराई अस्पतालका ३ जना, आर्मी ब्यारेकका १ जना र सखुवाप्रसौनी गाउँपालिका वडा नं. २ का २ जनामा कोरोना संक्रमण देखिएको छ ।

वीरगञ्ज हेल्थ केयरबाट पठाइएका स्वाब नमुनामध्ये बाराका २ र पर्साका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ ।

त्यसैगरी, बाराको कलैया उपमहानगरपालिका वडा नं. ७ र १६ मा १/१ जना, बारागढी गाउँपालिका वडा नं. ६ मा २ जना, वडा नं. ३ र ४ मा १/१ जना, सुवर्ण गाउँपालिका वडा नं. ७ मा १ जना र इलाका प्रहरी कार्यालय बारागढीका १ जनामा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

त्यसैगरी, रौतहटको गरुडास्थित इलाका प्रहरी कार्यालयबाट पठाइएका स्वाब नमुनामध्ये  ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment