Comments Add Comment

कर्णालीमा १७ जना कोरोना संक्रमित थपिए, २३ जना डिस्चार्ज

२३ भदौ, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा मंगलबार १७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश स्वास्थ्य सेवा महाशाखाको रिपोर्टअनुसार सुर्खेतका ११ जना, दैलेख र बर्दियाका दुई/दुईजना, कालीकोट र बाँकेका एक/एक जनामा रहेका छन् ।

सुर्खेतका ११ संक्रमितमध्ये वीरेन्द्रनगर नगरपालिका वडा नं. ३, ८, ९ र १२ का एक महिलासहति पाँचजना पुरुष रहेका छन् ।

भेरीगंगा नगरपालिका वडा नं. ६ र १२ का एक महिलासहित तीनजना पुरुष रहेका छन । त्यस्तै चौकुने गाउँपालिका ४ का एकजना पुरुष रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २६९१ पुगेको छ ।

साथै, कर्णालीमा मंगलबार थप २३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसंँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या २३४० पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भएको छ भने ३४५ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment