
नेपाली चलचित्रको पर्दामा बलियो अभिनय गर्ने नायक नाजिर हुसेन आज आफ्नो जन्मदिन मनाउँदैछन् । नाजिरलाई जन्मदिनको अवसरमा उनका आफन्त, साथीभाइले शुभकामना दिइरहेका छन् ।
चलचित्र ‘होस्टेल रिटन्र्स’बाट रजतपटमा भित्रिएका नाजिर अहिले म्यूजिक भिडियोमा व्यस्त छन् । उनले अभिनय गरेका म्यूजिक भिडियोलाई दर्शकले माया पनि गरिरहेका छन् ।
नाजिरको जन्मदिनमा नायिका नम्रता श्रेष्ठले भने फरक शैलीमा शुभकामना दिइन् । नाजिर र नम्रताले चलचित्र ‘गाँठो’मा एकसाथ काम गरेका थिए । यो चलचित्रको समयदेखि नै यी दुई प्रेममा रहेको चर्चा नचलेको होइन ।
नम्रताले लेखेकी छिन्–‘ह्याप्पी बर्थृ डे माया, आई मिस यू’ । नम्रताले नाजिरलाई ‘माया’ भन्दै सम्बोधन गरेकी छिन् भने उनलाई आफूले मिस गरिरहेको पनि उल्लेख गरेकी छिन् ।
नम्रताको यो भनाइले पनि उनीहरु गहिरो प्रेम सम्बन्धमा रहेको चर्चालाई मलजल गरेको छ । नायक नाजिर हुसेनलाई हाम्रो तर्फबाट पनि जन्मदिनको शुभकामना ।
प्रतिक्रिया 4