Comments Add Comment

‘कृषिमन्त्रीले माफी मागेर छुट पाउँदैनन्’

कृषि समितिले बोलायो मन्त्री भुसाललाई

२३ भदौ, काठमाडौं । किसानले समयमा मल नपाएको विषयमा छलफल गर्नसंसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसाललाई बोलाएको छ ।

समिति सभापति पूर्णाकुमारी सुवेदीले बुधबारको बैठकमा कृषिमन्त्रीलाई बोलाएको बताइन् । पटक–पटक ताकेता गरेर समयमै मल बिउ उपलब्ध गराउन निर्देशन दिए पनि समस्या देखिएकाले मन्त्रीलाई छलफलमा बोलाएको उनले बताइन् ।

गत आइतबार मन्त्री भुसालले समयमै किसानलाई मल उपलब्ध गराउन नसकेकोमा दुख व्यक्त गर्दै माफी मागेका थिए । तर, मन्त्रीले माफी मागेर मात्रै छुट नपाउने समिति सभापति सुवेदी बताउँछिन् ।

‘समयमा उपलब्ध गराउन सकिएन माफी त माग्न पर्यो, त्यो माफी माग्नु एउटा महानता हो । तर, सधैं माफी मागेर त छुट पाइँदैन’ सभापति सुवेदीले अनलाइनखबरसँग भनिन् ।

सरकारले भने ठेकेदारले समयमा मल नल्याउँदा अभाव भएको बताएको छ । समयमा मल नल्याएपछि कृषि मन्त्रालयले सैलुङ इन्टरप्राइजेज प्रालि र होनिको मल्टिपल प्रालिसँगको सम्झौता रद्ध गरी धरौटी जफत गरेको छ ।

दुवै सप्लायर्सलाई २०७७ साउन ८ गतेभित्र तोकिएको मल आयात गरिसक्नुपर्ने समय सीमा तोकिएको थियो । पछि २५ दिन थप गर्दा समेत मल नआएपछि गत आइतबार सरकारले सम्झौता रद्ध गरेको जानकारी दिएको हो ।

अब बंगलादेशबाट पैंचोमा मल ल्याउने सरकारले बताएको छ । त्यसको प्रक्रिया समेत सुरु भइरहेको मन्त्री भुसालले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment