+
+
Shares

म मृत्युको मुखबाट आएको हुँ, कोभिडसँग खेलबाड नगरौं : डा. कार्की

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २२ गते १८:१४

२२ भदौ, काठमाडौं । विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले कोभिड १९ को महामारीलाई नजरअन्दाज गर्नु नहुने बताएका छन् ।

साधारण भाइरस हो, पीपीई नलगाएरै उपचार गर्न सकिन्छ भन्ने किसिमले भ्रम फैलाउँदा मानिसको ज्यान जान समेत सक्ने उनले बताए । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले भने, ‘घरमै बसेर बेसारपानी, कागती पानी खाएर उपचार गर्दा ठीक हुन्छ भनेको पनि सुनेको छु । यस्ता कुराले सरकार र हाम्रो प्रयासलाई धमिल्याउँछ ।’

कार्कीलाई साउन ७ गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या आएपछि ९ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरेर उनलाई ९० प्रतिशत अक्सिजन दिनुपरेको थियो ।

गम्भीर किसिमको कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिने रेम्डिसिभिर औषधि चलाउँदासमेत निको नभएपछि उनलाई प्लाज्माथेरापी गरिएको थियो । प्लाज्माथेरापीबाट सफल उपचार गराउने उनी नेपालका पहिलो कोरोना संक्रमितसमेत हुन् ।

‘मैले राम्रो उपचार नपाएको भए म अहिले यो ठाउँमा हुने थिइन’ डा. कार्कीले भने, ‘म मृत्युको मुखबाट बाँचेर आएको हुँ, उपचार गर्ने डाक्टरहरुले नै माया मारिसकेका थिए ।’

कोरोना संक्रमणलाई अझै पनि हामीले बुझ्न नसकेको उनी बताउँछन् । कोभिडको असर पूर्वअनुमान गरेर लापरवाही गरे ठूलो दुर्घटना निम्तिनेसमेत उनले बताए । ‘जवान र स्वस्थ मानिसलाई यसले केही गर्दै भनेर भ्रम नपालौं’ कार्कीले भने, ‘अझै सुरक्षा अपनाउने बेला छ, खेलवाड नगरौं ।’

बिरामीसँग सिधा सम्पर्क हुने भएकाले स्वास्थ्यकर्मीलाई संक्रमणको खतरा उच्च हुने उनी बताउँछन् । एक डाक्टर गुमाउँदा अर्को डाक्टर जन्माउन ३५ वर्ष लाग्न सक्ने भन्दै कार्कीले भने, ‘समाजमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई कोभिड लागेपछि हेर्ने दृष्टिकोण एकदमै गलत छ । कोभिड संक्रमण कुनै पनि बेला जो कसैलाई हुन सक्छ । त्यसैले कसैको मनोबल गिराउने, हेप्ने र दुःख दिने काम गर्नु हुदैन ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?