Comments Add Comment

मानसिक स्वास्थ्यबारे प्रधानमन्त्रीको चासो

२३ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस (कोभिड-१९)पछि मानसिक स्वास्थ्यमा परेको प्रभावबारे मनोचिकित्सकहरूसँग परामर्श गरेका छन् ।

बालुवाटारमा मंगलबार भएको छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाबारे अनावश्यक त्रास बढेको बताए । ‘कोरोनाभन्दा पनि मानिसक डर बढी देखिन्छ’, छलफलमा सहभागी एक चिकित्सकले प्रधानमन्त्रीको भनाइ उदृध गर्दै भने, ‘कतिपयले कोरोनाबारे अनावश्यक त्रास फैलाएका छन् ।’

ती चिकित्सकका अनुसार मनोचिकित्सक र स्वास्थ्य मन्त्रालयले कोरोनाबारे यथार्थ कुरा बाहिर ल्याउन जोडदिनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो ।

मनोचिकित्सकहरूले भने लकडाउन र निषेधाज्ञाले मानसिक समस्या बढाएको र आत्महत्याको दर बढ्दै गएको बताएका थिए । नेपालमा मनोस्वास्थ्यलाई महत्व नदिएको पनि उनीहरूले प्रधानमन्त्रीसँग गुनासो गरे ।

मानसिक स्वास्थ्य सम्बन्धी शिक्षा विद्यालय तहको पाठ्यक्रममा समेट्नुपर्ने चिकित्सकहरूको जोड थियो ।

छलफलमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, डा. सरोजप्रसाद ओझा, डा. सुदर्शन नरसिंह प्रधान, डा. पशुपति महत, डा.रितेश थापा, डा. दिव्य सिंह, डा. सगुन पन्त, डा. रोशन पोखरेल, डा. फणीन्द्र बराल, डा. अनन्त अधिकारी लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment