+
+
Shares

बाँकेमा कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २३ गते १९:१७

२३ भदौ, बुटवल । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका– १६ कि ८० बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मंगलबार मृत्यु भएपछि उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । सोमबार स्वाब संकलन गरिएकोमा मंगलबार मृत्यु भएपछि उनको कोरोना परीक्षणको रिपोर्ट आएको हो ।

ती महिला लामो समयदेखि मधुमेह र उच्च रक्तचापको बिरामी थिइन् । भदौ २१ गते स्वास्थ्यमा समस्या आएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

उनको दुबैतिरको फोक्सोमा निमोनिया रहेको स्वास्थ्य कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । यो सगै बाँकेमा कोरोना संक्रमण देखिएर मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?