Comments Add Comment

अन्तिम टी-२० मा अष्ट्रेलियाको सान्त्वना जित

२४ भदौ, काठमाडौं । इंग्ल्याण्डविरुद्धको तेस्रो तथा अन्तिम टी-२० खेलमा अष्ट्रेलियाले सान्त्वना जित हात पारेको छ । मंगलबार साउथह्याम्पटनमा भएको खेलमा अष्ट्रेलियाले घरेलु टोली इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

यसअघि लगातार दुई खेल जित्दै सिरिज आफ्नो पक्षमा पारेको इंग्ल्याण्डले सिरिज भने २-१ ले जितेको छ ।

इंग्ल्याण्डले दिएको १४६ रनको लक्ष्य अष्ट्रेलियाले १९.३ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो । अष्ट्रेलियाका लागि पहिलो सिरिजमा पहिलो खेल खेलेका मिचेल मार्शले अविजित ३९ रन बनाए । यस्तै कप्तान आरोन फिन्चले ३९ रनको योगदान गरे । मार्कुस स्टोइनिसले २६ रन बनाए । इंग्ल्याण्डका लागि एदिल रसिदले ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि जोनी बेयर्‍स्टोवले सर्वाधिक ५५ रन बनाए । जोए डेन्लीले अविजित २९ रन जोडे । अष्ट्रेलियाका लागि एडम जाम्पाले २ तथा मिचेल स्टार्क, जोस हाजेलउड, केन रिचर्डनसन र अस्टन एगरले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment