+
+
Shares

निर्देशक छेतन गुरुङको निधन

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते १०:२७

चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको गएराती २ बजे निधन भएको हो ।

उपचारका क्रममा उनको निधन भएको वुझिएको छ । कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । उनको काठमाण्डौको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

लेखक गुरुङले चलचित्र ‘नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’को स्क्रिप्ट लेखेका थिए । यस्तै, उनले निर्देशन गरेको चलचित्र ‘डमरुको डण्डिबियो’ रिलिज भैसकेको छ । छेतनले नै निर्देशन गरेको चलचित्र ‘प्रेमगीत ३’ कोरोना संक्रमण बढेसँगै भएको लकडाउनका कारण रिलिज हुन पाएको थिएन । उनी, नयाँ चलचित्र ‘हुतुतु’ निर्देशनको तयारीमा थिए ।

छेतनको ४२ बर्षको उमेरमा निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?