+
+
Shares

सुर्खेतमा यात्रु ठग्ने दुईजना सवारी चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते १३:१७

२४ भदौ, सुर्खेत । सुर्खेत प्रहरीले यात्रुलाई ठग्ने दुईजना चालकलाई नियन्त्रणमा लिएको छ । यात्रु ठगेको पाइएकाले दुईवटा गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

सुर्खेतबाट दैलेख जाने यात्रुबाट एक हजारसम्म भाडा असुलेको पाइएपछि भे१झ ८६८ नम्बरको फोर्स र भे१च २१३८ नम्बरको स्कार्पियो नियन्त्रणमा लिइएको डीएसपी घर्तीले भनाइ छ ।

डीएसपी घर्तीका अनुसार जिल्ला प्रशासन कार्यालयबाट पास लिने र अरु यात्रुहरूसँग महङ्गो भाडा लिएर बोक्ने गरेको पाइएको छ । ‘पहिलो पटक भएकाले दुवैजना सवारी चालकलाई सम्झाइ-बुझाइ आइन्दा यसो नगर्ने सर्तमा छोडेका छौं,’ डीएसपी घर्तीले भने ।

यात्रुलाई ठग्ने र सवारी पासको दुरूपयोग गर्ने सवारी र चालकलाई नियन्त्रणमा लिएर कडा कारबाही गरिने प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?