२ असार, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले नेपालमा ड्राइभर पाउनै मुस्किल भएको बताएका छन् ।
प्रतिनिधि सभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले भने, ‘दुई जना सवारी चालकको कुरा आयो । तर, यहाँ एउटालाई एकछिन् अगाडि कारबाही गर्यो भने एकछिनपछि अर्को गाडी चलाउन पुग्छ र हात हल्लाइरहेको हुन्छ ।’
युवालाई सवारी चालकको रुपमा आकर्षण गर्न आवश्यक रहेको उनले बताए । युवा पलायनले पनि समस्या पारेको उनको भनाइ छ ।
सार्वजनिक यातायातको यात्रा असहज भयो भनेर भन्ने गरिएको तर यो कसको कारणले भयो भनेर खोजी नभएको बताए । सरकारको नीति उचित र पारदर्शी भए धेरै चीज सुधार हुने उनको विश्वास छ ।
‘सरकारको स्पिरिटमा हिँड्न चाहन्छौं । तर, कानुन कहाँ बन्छ ? उपयुक्त कार्यविधि चाहियो’, उनले भने, ‘जसले परमिट इस्यु गर्छ । यसको दर्ताको तथ्यांक छैन । प्रविधियुक्त सवारी हामीले चाहेको हो ।’
नेपालमा भारतीय गाडीको प्रवेशको स्म्बन्धमा पनि स्पष्ट नीति बन्न आवश्यक रहेको बताए ।
प्रतिक्रिया 4