+
+

रौतहटमा डीएसपीसहित २० जना प्रहरीमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते १४:४५

२४ भदौं, रौतहट । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी)सहित २० जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको छ ।

बुधवार बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी), दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले बताए ।

ठूलो संख्यामा प्रहरी कार्यालयका कर्मचारीमा संक्रमण देखिएपछि उक्त इलाका प्रहरी कार्यालयलाई सेनेटाइज गरेर र भौतिक दुरीसहित केही कामकाजलाई मात्रै निरन्तरता दिएको एसपी शाहले बताए ।

गत शुक्रवार प्रहरी र स्थानीयसहित ४१ जनाको स्वाब संकलन गरेर परीक्षण गर्दा २० प्रहरी र ८ जना स्थानीयमा संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएका प्रहरीलाई चन्द्रपुर-२ मा रहेको आइसोलेसनमा पठाइएको र इलाका प्रहरी कार्यालयमा जिल्लाबाट थप टोली पठाएको एसपी शाहले बताए ।

साथै, रौतहटमा पछिल्लो २४ घण्टामा यमुनामाई गाउँपालिकामा १२, चन्द्रपुर नगरपालिकामा२८, दुर्गा भगवती गाउँपालिकामा १८ गरी ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?