+
+
Shares

एउटा झिंगा मार्ने चक्करमा घरै खरानी

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते १७:००

फ्रान्समा एकजना व्यक्तिले केवल एउटा झिंगा मार्ने प्रयासमा आफ्नै घर जलाएका छन् । आगजनीबाट उनको घरमा ठूलो क्षति पुगेको छ र अधिकांश हिस्सा जलेको छ ।

फ्रान्सको दोर्दोनमा बस्ने करीब ८० वर्षका ती वृद्ध व्यक्ति बेलुकी खाना खाने बेलामा डाइनिङ रुममा एउटा झिंगा भन्भनाएपछि दिक्क भए ।

त्यसपछि उनले लामखुट्टेलगायतका स-साना किटपतंग मार्नका लागि प्रयोग हुने इलेक्ट्रोनिक र्‍याकेटको सहयोगले उक्त झिंगा मार्ने कोसिस गरे ।

तर त्यहीँ समयमा उनको घरमा ग्यास लिक भइरहेको थियो । ग्याँस चुहिरहेको बेला हावामा इलेक्ट्रोनिक र्‍याकेट चलाएपछि त्यहाँ विस्फोट भयो ।

विस्फोटमा उनको भान्साकोठाका साथै छत समेतमा ठूलो नोक्सानी पुग्यो । भाग्यवस उक्त घटनामा उनको ज्यान त जोगियो तर उनको हात भने नराम्रोसँग जलेको छ । अहिले उनी पालमा बसिरहेका र उनको घरको मर्मत भैरहेको बताइएको छ ।

बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?