+
+
Shares

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २४ गते १७:५०

२४ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको अनलाइनखबरलाई बताए । उनले भने, ‘अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो ।’

कुनकुन क्षेत्र कसरी खुला गर्ने भन्ने केहीबेरमा सूचना प्रकाशित हुनेछ । स्रोतका अनुसार भोलि भदौ २५ गतेबाट सवारी साधनहरु जोर र विजोर नम्बरका आधारमा सञ्चालन हुनेछन् । निजी सबै र सार्वजनिकको हकमा १६ भन्दाबढी सिट भएका सवारी साधन जोर विजोर प्रणालीमा चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?