Comments Add Comment

भारतमा कोरोना भाइरसको परीक्षण बढाउन निर्देशन

२६ भदौ, काठमाडौ‌ं । भारतको स्वास्थ्य मन्त्रालयले सबै डाक्टरको सिफारिस नभए पनि कोरोना भाइरसको परीक्षण गराउन सबै प्रदेशलाई निर्देशन दिएको छ ।

मुलुकमा निरन्तर कोरोना भाइरसका नयाँ संक्रमित बढ्दै गएको अवस्थामा भारतको स्वास्थ्य मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

साथै यसअघि गरिएको नेगेटिभ एन्टिबडी आएका केही मानिसको आरटी-पीसीआर विधिबाट पुनः परीक्षण गर्न निर्देशन दिइएको छ । विशेषगरी कोरोना भाइरसको लक्षण देखिएका तर एन्टिबडी नेगेटिभ आएका मानिसहरुको पुनः परीक्षण गरिनेछ ।

भारतमा पछिल्लो दुई दिनयता ९५ हजारभन्दा धेरै नयाँ संक्रमित भेटिइरहेका छन् । कोरोना भाइरसका संक्रमित संख्याको आधारमा अमेरिकापछि दोस्रो सबैभन्दा बढी प्रभावित बनेको भारतमा अझै संक्रमण घट्ने अवस्था भने देखिएको छैन ।

स्रोत : अलजाजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment