
२६ भदौ, काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका बाढी पीडितहरुलाई विश्वकर्मा उत्थान समाजले राहत उपलब्ध गराएको छ ।
विश्वकर्मा उत्थान समाज बागलुङ र म्याग्दीले संयुक्त रुपमा राहत स्वरुप ६३ हजार रुपैयाँ बिहीबार उपलब्ध गराएको हो । विश्वकर्मा उत्थान समाज बागलुङका ताराबहादुर विश्वकर्मा र राजन खड्काथोकीले ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई सो रकम हस्तारण गरेका हुन् ।
गत १७ भदौमा नगरपालिकाको ५, ६, ७, ८ र ९ वडामा गएको बाढीले २१ जनाको मृत्यु भइसकेको छ भने १७ जना अझै बेपत्ता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4