+

मेसीले इक्वेडरविरुद्ध खेल्न पाउने

२०७७ भदौ  २६ गते १५:४३ २०७७ भदौ २६ गते १५:४३
मेसीले इक्वेडरविरुद्ध खेल्न पाउने

२६ भदौ, काठमाडौं । अर्जेन्टिनाको राष्ट्रिय फुटबल टिमका कप्तान लिओनल मेसीले एक खेलको प्रतिबन्ध हटेको छ । जसको अर्थ मेसीले अब अर्को महिना हुने विश्वकप छनोट खेल खेल्न पाउने भएका छन् ।

गत वर्षको कोपा अमेरिकामा फुटबल प्रतियोगितापछि मेसीलाई एक खेलको प्रतिबन्ध लगाइएको थियो । तर अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापियाले मेसीको प्रतिबन्ध हटेको र उनले कुनै खेल नगुमाउने बताएका छन् ।

कोपा अमेरिकाका वेला मेसीले चिलीविरुद्धको खेलमा मेसी रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए र उक्त खेलपछि उनले दक्षिण अमेरिकी प्रमुखलाई भ्रष्टाचारको आरोप लागएका थिए । त्यसपछि उनलाई अर्जेन्टिनाबाट एक खेलको प्रतिबन्ध लगाएको थियो ।

अर्जेन्टिनाले विश्वकप छनोट अन्तर्गत अर्को महिना इक्वेडर र बोलिभियासँग खेल्दैछ । मेसीले अब इक्वेडर विरुद्ध खेल्न पाउनेछन् ।

 

अर्जेन्टिना लिओनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय