Comments Add Comment

कर्णालीमा ३० जना कोरोना संक्रमित थपिए

२६ भदौ, सुर्खेत । पछिल्लो २४ घण्टामा कर्णालीमा थप ३० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा शुक्रबार कर्णालीका ८ जिल्ला र अन्य प्रदेशका ५ जिल्लाका ३० जनामा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये सुर्खेतका ९ जना, दैलेख र जुम्लाका तीन/तीन जना, बर्दियाका एकजना, कालीकोट र सल्यानका दुई/दुईजना, जाजरकोट, हुम्ला, रुकुम पश्चिम, काठमाडौं, ताप्लेजुङ, ललितपुर र गुल्मीका एक/एक जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । योसँगै प्रदेशभर कोरोना संक्रमितको संख्या २७५५ पुगेको छ ।

महाशाखाको पछिल्लो तथ्याङ्कअनुसार शुक्रबार प्रदेशमा थप १५ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा हालसम्म कोरोनाको संक्रमणबाट मुक्त हुनेको संख्या २३७९ पुगेको छ ।

शुक्रबारसम्म प्रदेशभर ३७० जना कोरोनाका सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले जानकारी दिए । कर्णालीमा हालसम्म कोरोनाका कारण ६ जनाको मृत्यु पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment