
२६ भदौ, चितवन । तनहुँमा शुक्रबार जिप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारी अनुसार दुलेगौंडाबाट बयमतिर जाँदै गरेको ग १ ज ६०१९ नम्बरको जिप शुक्लागण्डकी नगरपालिका वडा नम्बर ३ मा दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार उकालो बाटोमा एक्कासी जिप ब्याक हुन पुग्दा दुर्घटना भएको छ । दुर्घटनामा चालकसमेत घाइते छन् । घाइतेहरुको सेवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4