+
+

नारायणगढ वडा प्रहरीका थप १२ जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २६ गते २०:२८

२६ भदौ, चितवन । चितवनको नारायणगढमा रहेको वडा प्रहरी कार्यालयमा थप १२ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

गत आइतबार ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण देखिएपछि ४१ जना प्रहरी रहेको वडा कार्यालयलाई सिल गरिएको छ । यहाँका थप १६ जनाको रिपोर्ट आउन  बाँकी छ ।

संक्रमित सबैजनालाई वडा प्रहरी कार्यालयको आइसोलेसनमा राखिएको छ । केही प्रहरीमा कोरोनाको सामान्य लक्षण ज्वरो र रुघाखोकी छ ।

शौचालय र नुहाउने ठाउँको प्रयोग अलग अलग गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले बताए । प्रहरीको वडा कार्यालय सिल भएपछि जिल्ला प्रहरी कार्यालयले नै नारायणगढ क्षेत्रको सुरक्षाको व्यवस्था मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?