Comments Add Comment

के हो सास फेर्ने सही तरिका ?

सास फेर्नका लागि हामीले अतिरिक्त बल वा प्रयास गर्दैनौं । किनभने यो शरीरको एक स्वचालित प्रणाली हो, सास फेर्नु । जबकी यसरी सास लिने क्रममा सबैको शरीरमा पर्याप्त अक्सिजन आपूर्ति भइरहेको नहुन सक्छ ।

जब शरीरमा अक्सिजनको मात्रा कम हुन्छ, अनेकथरी रोगले गाँज्न सक्छ । त्यसैले प्राणायाम जस्ता केही विधीको अभ्यास गरिएको छ, जसले शरीरमा पर्याप्त अक्सिजन आपूर्तिका लागि मद्दत गर्छ ।

विज्ञहरुका अनुसार शरीरको लागि एकदमै राम्रो टनिक हो, अक्सिजन । एक सामान्य मानिस आफ्नो जीव्नमा २५प्रतिशत मात्र फोक्सोको प्रयोग गरिरहेका हुन्छन् । यदि फोक्सोको राम्रो र सहि प्रयोग गर्ने हो भने शरीरमा पर्याप्त अक्सिजन पुग्छ ।

एक व्यक्ति एक मिनेटमा १८ पटक सास लिन्छन् । एक घण्टामा एक हजार ८० पटक र एक दिनमा २५ हजार ९ सय २० पटक सास लिन्छन् । तर एक रिसर्च अनुसार हरेक १० जना व्यक्तिमा ९ जनाले यस्तो गल्ती गरिरहेका हुन्छन् । अधिकतम व्यक्ति छातीले सास लिने गर्छन् । यस तरिकाले सास लिँदा पूर्ण र सहि रुपले अक्सिजन शरीर भित्र पुग्दैन । यसले गर्दा हामी रोगी हुन्छौं । किनभने खाना वा अन्य पौष्टिक पदार्थ जत्तिकै हामीलाई अक्सिजन पनि अपरिहार्य हुन्छ ।

सहि तरिका यो हो कि, फोक्सोमा पेटले सास लिनु । अर्थात फोक्सोकै बलमा सास लामो सास लिनुपर्छ । अर्थात जब सास लिइन्छ, छातीसँगै पेट पनि खुम्चने र फैलने गर्नुपर्छ । यसले गर्दा फोक्सोमा राम्ररी अक्सिजन भरिन्छ ।

हामीले राम्ररी ख्याल गर्ने हो भने सानो बच्चाले ठीक यहि ढंगले सास लिन्छ । यहि तरिकाले हामीले पनि सास लिनुपर्छ ।

एक सर्बेक्षण अनुसार पेटले सास लिँदा मुटुको समस्या र मधुमेहको खतरा कम हुन्छ । तनावको लागि जिम्मेवार मानिने कर्टिसोल नामको हर्मोन पनि कम हुन्छ । यी सबै कारणले गर्दा मानिसहरु सधै खुसी रहन्छन् । यसले गर्दा फोक्सो पनि स्वस्थ्य रहन्छ ।

सहि तरिकाले सास लिनाले हाम्रो शरीरमा राम्ररी अक्सिजन फ्लो हुन्छ । अक्सिजन शरीरको सबै भागमा सजिलै पुग्छ । हामी घर वा अफिसमा बस्दा हामीलाई अक्सिजन पुगिरहेको हुँदैन । यसरी सहि ढंगले सास फेर्दा अक्सिजन पर्याप्त मात्रामा पुग्छ ।

सामान्य ढंगले वा सामान्य प्रक्रियाले जति सास लिइन्छ त्यो अपुग हुन्छ । किनभने अहिले हामी धेरैजसो समय घरभित्र विताउँछौ । खुला हावामा बस्दैनौ । त्यही कारण सहि ढंगले सास लिनैपर्ने अवस्था छ ।

पेटले सास लिँदा फोक्सोसहित पुरै शरीरमा अक्सिजन राम्ररी प्रवाह हुन्छ । यसले गर्दा मस्तिष्कमा पनि राम्ररी अक्सिजन पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment