+
+
Shares

इनफ इज इनफ अभियानले भन्यो : उच्च जोखिम समूहमा एन्टिजिन परीक्षण नगर

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ २८ गते १३:२३

२८ भदौ, काठमाडौं । इनफ इज इनफ अभियानले कोभिड-१९ को परीक्षणका लागि एन्टिजिन टेस्ट किट (र्‍यापिड एन्टिजिन टेस्ट किट) को प्रयोग गर्न लागेकामा विरोध जनाएको छ ।

एन्टिजिन टेस्ट किट कम जोखिम भएका मानिस र आम सर्वसाधारणमा प्रयोग गर्न मिल्ने भए पनि कोरोना भाइरसको उच्च जोखिममा रहेका व्यक्तिका लागि प्रयोगशालामा त्यसको प्रयोग गर्नु उचित नहुने अभियानको भनाइ छ ।

‘उक्त परीक्षण विधि प्रयोग गर्न सजिलो छ र सम्भवतः सस्तो पनि छ भन्नेमा हामी जानकार छौँ तर यो जस्तो प्रयोगात्मक चरणमा रहेको परीक्षण विधिले पीसीआर परीक्षणको ठाउँ लिँदा कुनै लाभ हासिल हुन्न भन्नेमा हामी प्रष्ट छौँ’ विज्ञप्तिमा भनिएको छ ।

इनफ इज इनफका सत्याग्रहीसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड- १९ संक्रमण परीक्षण गर्न आरडीटी नगर्ने सहमति गरे पनि अहिले गर्न लागेकामा आफूहरु अचच्ममा परेको अभियानले जनाएको छ ।

इनफ इज इनफले नेपालमा  कोभिड १९ परीक्षणका विषयमा सरकारलाई एउटा अवधारणा पनि बुझाएको छ । अभियानले जोखिममा रहेका जनसंख्याको मापदण्डलाई परिभाषित गर्ने तथा निरन्तर रूपमा अद्यावधिक गर्ने र उक्त जनसंख्यामा कोभिड – १९ को संक्रमण यकिन गर्न पीसीआर परीक्षणमात्रै गर्न सरकारलाई आग्रह गरेको छ ।

त्यस्तै कोभिड -१९ बाट संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क भएका व्यक्तिहरूको परीक्षण गर्न ५ दिन नपर्खन, कम जोखिममा रहेका अत्यावश्यक कामका कर्मचारीहरूलाई आफैंले खर्च व्यहोर्ने गरी पुल टेस्टिङ विधिबाट पीसीआर परीक्षण गर्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ ।

समुदायमा कोरोना फैलिसकेको भन्दै इनफ इज इनफले संक्रमणको कारक तत्वहरूको बारेमा अस्पष्टता, सबै अवस्थालाई एउटै खालको सामना गर्ने विधि पछ्याउने रणनीति अप्रभावी, बढी समय लाग्ने तथा महङ्गो सावित हुने भन्दै सरकारलाई सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?